गन्यापधुरामा ८० वर्षीय वृद्ध मृत फेला

ओझाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

मंसिर २२, २०८२

तर्कराज भट्ट

80-year-old man found dead in Ganyapadhura

डडेल्धुरा — डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का ८० वर्षीय कृष्णदत्त ओझा मृत अवस्थामा फेला परेका छन् ।

गन्यापधुरा गाउँपालिका–५ का वडाध्यक्ष चन्द्रप्रसाद रोस्याराले ओझा नजिकै रहेको अर्को घर (खर्क) जाने क्रममा चिप्लिएर खोलामा खसेको हुन सक्ने बताए ।

गाउँनजिकै रहेको रेलखोलामा स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी बिहान ११ बजे घटनास्थल पुगेको डडेल्धुरा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ । ओझाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

तर्कराज

Link copied successfully