सुर्नया नदीमा ट्रक खस्दा चालकको मृत्यु

मिनी ट्रक सुर्नया-५ कठेगौणामा बिहीबार राति दुर्घटना भएको हो ।

मंसिर १९, २०८२

मोहन चन्द

Driver dies after truck falls into Surnaya River

बैतडी — बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सतबाँज सिरभाँवर सडकअन्तर्गत भित्री कच्चि सडकमा सुर्नया-४ सन्सेरमाडौंदेखि धनगढी जाँदै गरेको भे. १ ख. १६३९  नम्बरको मिनी ट्रक सुर्नया-५ कठेगौणामा बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनामा चालक सुर्नया-४ कौलाडी बस्ने अन्दाजी २८ वर्षका नरेश महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले बताए । 

ट्रक सडकबाट करिब ५० मिटर तल सुर्नया नदीमा खसेको छ । 

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully