नवदुर्गा गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा

धार्मिक दृष्टिले महत्व राख्ने मष्टा भगवती मेलालाई धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका रूपमा मनाइँदै आएको छ ।

मंसिर १८, २०८२

तर्कराज भट्ट

Public holiday on Friday in Navadurga Rural Municipality

डडेलधुरा — नवदुर्गा गाउँपालिकाले मष्टा भगवती देवी मन्दिरमा मेला लाग्ने भएका कारण भोलि (शुक्रबार) एक दिन सार्वजनिक बिदा दिने भएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्पराज जोशीले सूचना जारी गर्दै सो पालिकाको कार्यालय, मातहतका सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने जानकारी गराएका छन्। गाउँपालिकाभित्र अवस्थित प्रसिद्ध, ऐतिहासिक तथा धार्मिक स्थल मष्टा भगवती देवीको मन्दिरमा प्रत्येक वर्ष लाग्ने मेलामा भक्तजनको अत्यधिक भीड हुने भएकाले सहज व्यवस्थापनका लागि बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

धार्मिक दृष्टिले महत्व राख्ने मष्टा भगवती मेला धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका रूपमा मनाइँदै आएको छ । हरेक वर्षको मंसिर शुक्ल चतुर्दशीको रात रतेडी र दोस्रो दिन पूर्णिमामा दिउँसेडी मेला लाग्ने गरेको छ।

तर्कराज भट्ट

Link copied successfully