डोटीमा जन्ती बोकेको जिप दुर्घटना

जिप सडकबाट ६० मिटर तल खसेको छ । यात्रुहरू भने सकुशल नै छन् ।

मंसिर १८, २०८२

मोहन पनेरु

Jeep carrying newborn child crashes in Doti

डोटी — डोटीको सायल गाउँपालिका–२ मा जिप दुर्घटना भएकाे छ ।

डाेटीकाे सायलबाट जन्ती लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ४२५० नम्बरको बोलेरो जिप आज बिहान करिब १० बजे दुर्घटनामा परेको छ।

सायल गाउँपालिका–४ खालिखोला नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।जिपमा सवार यात्रुहरू भने सकुशल नै छन् । जिप सडकबाट ६० मिटर तल खसेको छ।

मोहन पनेरु

Link copied successfully