बाजुराको मार्तडीस्थित फर्निचर स्टोरमा आगलागी, अझै नियन्त्रणमा आएन

बाजुरा सदरमुकामा दमकल नभएकाले करिब एक घण्टासम्म पनि आगो नियन्त्रणमा लिन नसकिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मंसिर १६, २०८२

अर्जुन शाह

Fire at furniture store in Martadi, Bajura, still not under control

धनगढी — बाजुरा सदरमुकाम मार्तडीस्थित एउटा फर्निचर तथा ग्यारेज स्टोरमा मंगलबार दिउँसो आगलागी भएको छ ।

सौगात जनरल स्टोर एन्ड अर्डर सप्लायर्समा आगलागी भएको हो । बिजुलीको तार सर्ट भएर आगलागी भएको सप्लायर्सका सञ्चालक प्रकाश थापाले बताए । उक्त सप्लायर्समा फर्निचरका सामग्री, प्लाइउड, सिसा, मोटरपार्टस लगायतका सामग्री थिए ।

बाजुरा सदरमुकामा दमकल नभएकाले करिब एक घण्टासम्म पनि आगो नियन्त्रणमा लिन नसकिएको प्रत्यक्षदर्शीले बताएका छन् । सुरक्षाकर्मी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully