डोटीमा एक जना मृत फेला

आइतबार भित्री कच्ची सडक खण्डको बायाँपट्टि शिखर–९ वडा कार्यालयमा कार्यरत अन्दाजी ५५/५६ वर्षका कार्यालय सहयोगी तारा सिंह खत्री मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मंसिर १४, २०८२

मोहन पनेरु

One person found dead in Doti

डोटी — डोटीको शिखर नगरपालिका–९ उच्चाकोटमा एक पुरुष मृत फेला परेका छन् ।

आइतबार भित्री कच्ची सडक खण्डको बायाँपट्टि शिखर–९ वडा कार्यालयमा कार्यरत अन्दाजी ५५/५६ वर्षका कार्यालय सहयोगी तारा सिंह खत्री मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे जानकारी सिताराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक साउदले प्रहरीलाई गराएपछि प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर बलायरको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रावलले बताए ।

मोहन

Link copied successfully