बसले ठक्कर दिँदा स्थानीय १३ वर्षीय अनुप महराको मृत्यु भएको हो ।
कैलाली — कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटामा बसले ठक्कर दिँदा स्थानीय १३ वर्षीय अनुप महराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गेटाबाट बरबट्टातर्फ जाँदै गरेको विद्याभूषण पब्लिक स्कुलको से १ क ११८२ नम्बरको बसले सोही दिशातर्फ साइकलमा आएका महरालाई ठक्कर दिएको हो ।
घाइते भएका महराको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले बस र चालक ४४ वर्षीय पतिराम डगौरालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरी रहेको छ।
