डडेलधुरामा जातीय विभेद मुद्दाका फरार अभियुक्त पक्राउ

फैसला कार्यान्वयनका क्रममा प्रहरीले भागेश्वर गाउँपालिका–४ का ४२ वर्षीय लालसिंह भाटलाई पक्राउ गरेको हो।

मंसिर ११, २०८२

तर्कराज भट्ट

Absconding accused in caste discrimination case arrested in Dadeldhura

डडेलधुरा — डडेलधुरामा जातीय विभेद तथा भेदभावसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन्।

फैसला कार्यान्वयनका क्रममा प्रहरीले भागेश्वर गाउँपालिका–४ का ४२ वर्षीय लालसिंह भाटलाई पक्राउ गरेको हो।

जिल्ला अदालत डडेलधुराले भाटलाई २ महिना १४ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको टोलीले बुधवार भाटलाई उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

अदालतले तोकेको सजाय कार्यान्वयनका लागि उनलाई आवश्यक कानुनी प्रक्रियासहित हिरासतमा लिइएको प्रहरीले जनाएको छ।

तर्कराज

Link copied successfully