महेश बस्नेतको विरोधमा धनगढीमा प्रदर्शन

नेता बस्नेत युवा संघको कार्यक्रमका लागि धनगढी आउन लागेका छन् । 

मंसिर १०, २०८२

अर्जुन शाह

Demonstration in Dhangadhi against Mahesh Basnet

धनगढी — एमाले नेता महेश बस्नेत धनगढी आउन लागेको सन्दर्भमा जेन-जी समूह दुई घण्टादेखि जेन-जी मार्गनजिक भेला भएर विरोध प्रदर्शन गरिररहेका छन् । नेता बस्नेत युवा संघको कार्यक्रमका लागि धनगढी आउन लागेका छन् । 

जेन-जी समूह नाराबाजीसहित विरोध प्रदर्शनमा उत्रिएपछि सुरक्षा तैनाथी बढाइएको छ । प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।

सडक छेउमा लामबद्ध भएर प्रदर्शन गरिरहेका जेन-जी समूह नजिक युवा संघ निकट एमाले कार्यकर्ताहरूसमेत भेला हुन थालेपछि सुरक्षा तैनाथी बढाइएको हो ।

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully