दार्चुलामा दुई जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा दुई फरार प्रतिवादी पक्राउ गरिएका छन् ।

मंसिर ३, २०८२

मनोज बडू

Two absconding defendants arrested in Darchula

दार्चुला — दार्चुलामा दुई फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतले सजाय तोकेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा दुई फरार प्रतिवादी पक्राउ गरिएका छन् । अभद्र व्यवहार मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका महाकाली नगरपालिका–७ का २५ वर्षीय सुरेशराम कोली र विदेशी विनिमय अपचलन मुद्दामा ७७ हजार ३४८ रूपैयाँ ७० पैसा जरिवाना तोकिएका दुहु गाउँपालिका–१ पिपलचौरीका ३२ वर्षीय तेजबहादुर बमलाई पक्राउ परेको दार्चुला प्रहरीका सूचना अधिकारी हेमराज भट्टले बताए । 

प्रहरीले पक्राउ परेकालाई कानुनी प्रक्रियाअनुसार अदालतमा उपस्थित गराएको जनाएको छ । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully