गोविन्दपुरी माध्यमिक विद्यालय लामीकाण्डेमा प्राथमिक तह प्रथम श्रेणीका शिक्षक चक्रबहादुर महरको मंगलबार उपचारको क्रममा काठमाडौंमा निधन भएपछि गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।
डडेलधुरा — डडेलधुराको भागेश्वर गाउँपालिकाअन्तर्गतका सबै शैक्षिक संस्थामा बुधबार एक दिनका लागि शोक बिदा दिइने भएको छ।
गोविन्दपुरी माध्यमिक विद्यालय लामीकाण्डेमा प्राथमिक तह प्रथम श्रेणीका शिक्षक चक्रबहादुर महरको मंगलबार उपचारको क्रममा काठमाडौंमा निधन भएपछि गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै शिक्षक महरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै पालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरू बुधबार एक दिनका लागि बन्द रहने समेत गाउँपालिकाले जानकारी गराएको छ ।