बाल यौन दुर्व्यवहार मुद्दामा युवक पक्राउ

अदालतले उनीमाथि बाल यौन दुर्व्यववहार प्रकरणमा ४ महिना १६ दिन कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

कार्तिक २८, २०८२

तर्कराज भट्ट

Youth arrested in child sexual abuse case

डडेलधुरा — बाल यौन दुर्व्यवहार मुद्दाका दोषी एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

परशुराम नगरपालिका–४ कटालका २२ वर्षीय प्रेमबहादुर बोहरा अदालतले तोकेको फैसलाअनुसार पक्राउ परेका हुन्। अदालतले बोहरामाथि बाल यौन दुर्व्यववहार प्रकरणमा ४ महिना १६ दिन कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार आफ्नै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय  डडेल्धुराले जनाएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयन अघि बढाइने प्रहरीले जनाएको छ।

तर्कराज

Link copied successfully