बैतडीमा लागू औषधसहित दुई युवक पक्राउ

कठायतलाई बुधबार ३ ग्राम २ सय २० मिलिग्राम खैरो हेरोइनसहित र भट्टलाई ६० मिलिग्राम खैरो हेरोइनसहित मंगलबार पक्राउ गरिएको हो ।

कार्तिक २६, २०८२

मोहन चन्द

Two youths arrested with drugs in Baitadi

बैतडी — लागू औषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अन्तरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा पाटन नगरपालिका–६, कडालीका २३ वर्षीय कपिल कठायत र पाटन नगरपालिका–४ खोल्सी, मोहनपुरकाका ३० वर्षीय हिमाल भट्ट रहेका छन् । 

कठायतलाई बुधबार ३ ग्राम २ सय २० मिलिग्राम खैरो हेरोइनसहित  र भट्टलाई ६० मिलिग्राम खैरो हेरोइनसहित मंगलबार पक्राउ गरिएको हो । 

‘बजार क्षेत्रमा हिँडिरहेका कठायतलाई शंकाका आधारमा चेकजाँच गर्दा कम्मरमा लुकाइ राखिएको अवस्थामा लागू औषध खैरो हेरोइन फेला परेको हो,’ प्रवक्ता सिंहले भने, ‘शंका लागेर चेकजाँच गर्दा भट्टको साथबाट लागू औषध भेटिएको हो ।’ 

दुवै जनालाई सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय पाटनको समन्वयमा नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully