धुरा जात्राका लागि पञ्चेश्वरमा दुई दिन बिदा

धुरादेको कैलपाल मन्दिरमा हरेक वर्ष कार्तिक कृष्ण पञ्चकी र षष्ठीका दिन जात्रा लाग्छ ।

कार्तिक २३, २०८२

मोहन चन्द

Two-day holiday in Pancheshwor for Dhura Jatra

बैतडी — पञ्चेश्वर गाउँपालिकामा धुरा जात्राको अवसरमा दुई दिन स्थानीय बिदा दिइएको छ । कार्तिक २४ र २५ गते पञ्चेश्वर गाउँपालिका–४ आम्चौरास्थित धुरादे जात्राको अवसरमा भव्य मेला लाग्छ । तसर्थ, दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

दुई दिन गाउँपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी कार्यालय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

धुरादेको कैलपाल मन्दिरमा सोमबारदेखि जात्रा सुरु भई मंगलबार समापन हुनेछ । धुरादेको कैलपाल मन्दिरमा हरेक वर्ष कार्तिक कृष्ण पञ्चकी र षष्ठीका दिन जात्रा लाग्ने र पूजापाठ गरिन्छ । यस जात्रालाई स्थानीय भाषामा धुराइ जाँत पनि भनिन्छ ।

यो जात्रामा पञ्चेश्वर गाउँपालिकासँगै सिमाना जोडिएको सीमावर्ती भारतीय लुहाघाट, चम्पावतसम्मका दर्शनार्थीसमेत आउने गरेको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully