धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका–९ राजघाटबाट शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो ।

कार्तिक २२, २०८२

रञ्जना बिसी

Three arrested with drugs in Dhangadhi

कैलाली — धनगढीमा तीन जना लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका–९ राजघाटबाट शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २० वर्षीय समिर राना,राजपुरका अंकित राना र बोराडाँडीका आसिक धानुक छन्।

प्रहरीले उनीहरूको साथबाट दुई ग्राम आठ सय पचास मिलिग्राम खरो हेरोइन बरामद गरेको जनाएको छ। लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

रञ्जना बिसी

Link copied successfully