मेलौली नगरपालिकाले दियाे दुई दिन सार्वजनिक बिदा

मेलौली भगवती मेलाका अवसरमा दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएकाे छ ।

कार्तिक १७, २०८२

मोहन चन्द

Melauli Municipality declares two-day public holiday

बैतडी — बैतडीको मेलौली नगरपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । मेलौली भगवती मन्दिरमा मंगलबार र बुधबार लाग्ने जात्रा (मेला) का अवसरमा दुई दिन स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएकाे छ ।

नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी कार्यालय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाका प्रमुख भीम चन्दले बताए । मेलैली भगवती मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल चर्तुदशी र पूर्णिमाका दिन जात्रा लाग्छ । स्थानीय भाषामा याे जात्रालाई देही जाँत पनि भनिन्छ ।

जात्रामा नेपालका दार्चुला र डडेलधुरासँगै सीमावर्ती भारतीय लुहाघाट, चम्पावतसम्मका दर्शनार्थी आउने गरेका मेलौली भगवती मन्दिर सेवा समितिका अध्यक्ष जगदीश नायकले बताए । यो जात्रामा राँगाको बलि दिने गरिन्छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully