बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु

दुर्घटनामा ७० वर्षीय हरुवा साउदको मृत्यु

कार्तिक १६, २०८२

मोहन चन्द

Tractor accident in Baitadi: One person dies

बैतडी — बैतडीको सिगास गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दिउँसो १ बजेतिर सिगास गाउँपालिका –३ सिन्याखेतनजिकै ट्याक्टर दुर्घटना भएको हो ।

जुडाखोलाबाट बालुवा लिएर जाँदै गरेको सु.प.प्र ०२००१ ट १३८१ नम्बरको ट्याक्टर गर्जे सडकखण्डको सिन्याखेतमा दुर्घटना हुँदा ट्याक्टरमा सवार सिगास-३ कै अन्ताजी ७० वर्षीय हरुवा साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

‘हाम्रो टोली घटनास्थलमा पुग्न सकेको छैन् हामीलाई स्थानीय विष्णु साउदले फोनमार्फत दिएको जानकारीअनुसार एक जना ट्याक्टरमा सवारको मृत्यु भएको छ,’ उनले भने, ‘बाँकी दुर्घटना कति कारणले भयो भन्नेबारे हाम्रो टोली पुगेपछि थाहा हुन्छ ।’ 

घटना घटेको ठाउँ धेरै टाढा भएकाले इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतिर गइरहेको तर बाटोमै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully