कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटनामा परी कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ बण्डका ४० वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए।

कार्तिक १५, २०८२

भवानी भट्ट

One person dies in bus accident in Kanchanpur

कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी कृष्णपुर- १ बण्डका ४० वर्षीय बलबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए। 

काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको ना ७ ख ६१८२ नम्बरको बस शनिबार बिहान सडकमा पल्टिएको हो । बसमा सवार ५ जनामध्ये घाइते भएका बोहराको बाणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully