डडेल्धुरामा एक पुरुष मृत फेला

घटनाबारे थप अनुसन्धान भइरहेको र तेजबहादुर विष्टको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले बताए ।

कार्तिक १५, २०८२

तर्कराज भट्ट

A man was found dead in Dadeldhura.

डडेल्धुरा — नवदुर्गा गाउँपालिका–२ बगालसैनका ५७ वर्षीय तेजबहादुर विष्ट शनिबार मृत अवस्थामा फेला परेका छन् ।

विष्ट सोही वडाको पनाल खेतमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । 

प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र विष्टको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

तर्कराज

Link copied successfully