प्रहरीले उनीहरुको साथबाट ५२ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
कञ्चनपुर — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको विभिन्न ठाउँबाट जुवातास खेलिरहेका १२ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरुको साथबाट ५२ हजार रुपैयाँसमेत बरामद गरेको छ ।
दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट बिहीबार दिउँसो ३० हजार ९३५ सहित ८ जना र त्यही नगरपालिकाको वडा नं. ३ बाट बुधबार राति २१ हजार ८७५ रुपैयाँसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
