दार्चुलामा साइकलबाट लडेर एकजनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो जिल्ला सदरमुकाम खलंगाको रिङ्नताल नजिक साइकलबाट लडेर गम्भीर घाइते भएका डोबालका उपचारका क्रममा जिल्ला अस्पतालका मृत्यु भएको हो ।

आश्विन ३१, २०८२

मनोज बडू

दार्चुला — दार्चुलामा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ । शुक्रबार जिल्ला सदरमुकाम नजिक रिङ्नेताल नजिक साइकलबाट लडेर महाकाली नगरपालिका-५ का अमृत डोबालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो जिल्ला सदरमुकाम खलंगाको रिङ्नताल नजिक साइकलबाट लडेर गम्भीर घाइते भएका डोबालका उपचारका क्रममा जिल्ला अस्पतालका मृत्यु भएको हो । 

तीव्रगतिमा साइकल सडकको भित्तामा ठोकिँदा डोबालको टाउकोमा गम्भीर चोट लागेको हुनाले अस्पताल पुर्‍याएको केही समयमै डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले बताए । शव जिल्ला अस्पतालमै रहेको छ ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully