डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

कैलालीबाट डोटीको देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार बडिकेदार–३ बस्ने अन्दाजी ३५ वर्षीया लक्ष्मीकुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आश्विन २८, २०८२

मोहन पनेरु

One killed in jeep accident in Doti

डोटी — डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–३ देवलको कच्ची सडक खण्डमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

कैलालीबाट डोटीको देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको जिप दुर्घटना हुँदा त्यसमा सवार बडिकेदार–३ बस्ने अन्दाजी ३५ वर्षीया लक्ष्मीकुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सोमबार रातिको समयमा जिपको सापट भाँच्चिएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । चालकसहित ९ जना यात्रु रहेकोमा अन्य सबै जना सकुशल रहेको र प्रहरीले जनाएको छ ।

मोहन

Link copied successfully