अछामबाट कैलालीतर्फ जाँदै गरेको ईभी डोटीमा दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

दुर्घटनामा अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

आश्विन २५, २०८२

मेनुका ढुंगाना

Accident in EV Doti going from Achham to Kailali, one dead, 21 injured

अछाम — अछामबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक ईभी (हायस) शनिबार बिहान डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनस्थित भीमदत्त राजमार्गमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ ।

२१ जना घाइते भएका छन्  । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलाली धनगढी उपमहानगरपालिका–१२ बी गाउँका ३८ वर्षीय देवबहादुर थापाले चलाउँदै गरेको सु.प.प्र.०१–००१ ख ३९५६ नम्बरको ईभी शनिबार बिहान करिब ५:३५ बजे अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो । 

दुर्घटनामा अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरी नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा गएको १४ जनाको टोलीले घाइते सबैलाई उद्धार गरी उपचारका लागि पद्मा अस्पताल, अत्तरिया पठाएको छ ।

दुर्घटनामा परेकामध्ये लोकेन्द्र रावल, एकेन्द्र विक, मोतिकला परियार, बिराज परियार, भिमबहादुर ढोली, शृष्टी परियार, बिनोद परियार र मनसरी परियारलगायतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चालक देबबहादुर थापा, मेघ्या ढोली, पद्मा परियार, नृप ढोली, देवराज भाट, इन्द्रसरा परियार, रबि परियार र अन्य बालबालिकाहरूको अवस्था मध्यमदेखि सामान्य रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully