प्रहरी जवान मृत्यु प्रकरण : बस चालक पक्राउ

बलायरलाई ठक्कर दिएर फरार रहेका बस चालक बाजुराको गौमुल गाउँपालिका–२ मल्दुकुनका ३३ वर्षीय गणेश धामीलाई प्रहरीले सोमबार पक्राउ गरेको कान्तिपुरलाई जानकारी दिएको हो ।

आश्विन २२, २०८२

मोहन पनेरु

Police constable death case: Bus driver arrested

डोटी — प्रहरी जवान शंकर बलायरको बसको ठक्करबाट मृत्यु भएको खुलेको छ । बाजुराबाट–धनगढीतर्फ जाँदै गरेको ना. ७ ख १७२ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बलायरलाई ठक्कर दिएर फरार रहेका बस चालक बाजुराको गौमुल गाउँपालिका–२ मल्दुकुनका ३३ वर्षीय गणेश धामीलाई प्रहरीले सोमबार पक्राउ गरेको कान्तिपुरलाई जानकारी दिएको हो । 

शिखर नगरपालिका- ८ गोपघाटमा बसको ठक्करबाट सोही वडाको तिलताली घर भई जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान शंकर बलायरको मृत्यु भएको थियो ।

दसैंको टीकाको भोलिपल्ट (असोज १७ गते) मध्यराति १२: १५ मा बलायर मृत भेटिएका थिए । 

मृतक बलायरका आफन्तले हत्या भएको आशंका गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।

मोहन

Link copied successfully