बालेन र सुदनविरुद्ध कैलालीमा पनि उजुरी

जेन-जी आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेकोले शाह र गुरुङविरुद्ध किटानी जाहेरी दिएको अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले बताए ।

आश्विन २२, २०८२

अर्जुन शाह

Complaint against Balen and Sudan also in Kailali

धनगढी — एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र (बालेन) शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएको छ । 

जेन-जी आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेकोले शाह र गुरुङविरुद्ध किटानी जाहेरी दिएको अनेरास्ववियुका कैलाली अध्यक्ष कुवेर खड्काले बताए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले जाहेरी बुझेको तर दर्ता भने हुन बाँकी रहेको बताए । ‘केन्द्रको निर्देशनअनुसार गर्छौं,’ उनले भने । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully