कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

जोशीपुर गाउँपालिका–७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आश्विन २१, २०८२

रञ्जना बिसी

A young man died of electrocution while fishing in Kailali

कैलाली — कैलालीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार डगौराले घर नजिकैको नालामा बिजुलीको तार जडान गरी माछा मार्ने प्रयास गर्दा करेन्ट लागेर ज्यान गुमाएका हुन्।

रञ्जना बिसी

Link copied successfully