दैजी जोगबुढा सडक खण्डमा जिप दुर्घटना, बालिकाको मृत्यु

दैजी जोगबुढा सडक खण्ड अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो जिप दुर्घटना भएको थियो ।

आश्विन १४, २०८२

भवानी भट्ट

Jeep accident on Daiji Jogbudha road section, girl dies

कञ्चनपुर — दैजी जोगबुढा सडक खण्ड अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दुई वर्षीया युविका पालको मृत्यु रहेको प्रहरीले जनाएको छ । 

मंगलबार दिउँसो दैजीबाट जोगबुढतर्फ गइरहेको से १ ज ४१७ नम्बरको जिप सिउडीबाग नजिक सडकबाट २० मिटर तल खसेको हो । जिपमा ९ जना यात्रु सवार थिए ।

घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहोराले बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully