बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु

देहिमाण्डौं मेला हेरी घर फर्किंदै गरेकी महिलालाई सतबाँजबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको हो ।

आश्विन १४, २०८२

मोहन चन्द

A woman died after being hit by a bus in Baitadi

बैतडी — बैतडीमा बसको ठक्करबाट जात्रा हेरेर घर फर्किंदै गरेकी एक महिलाको मृत्यु भएको छ ।

दशरथचन्द राजमार्गअन्तर्गत जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय गेटनजिक महाकाली यातायातको सु.प.प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिँदा दशरथचन्द नगरपालिका–१ गुरुखोलाकै अन्दाजी ३४ वर्षीया भागरथी लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक रायले बताए ।

देहिमाण्डौं मेला हेरी घर फर्किंदै गरेकी महिलालाई सतबाँजबाट देहिमाण्डौ जाँदै गरेको बसले ठक्कर दिएको हो । ‘ठक्कर दिने बसलाई नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने, ‘बस चालक पनि सम्पर्कमा आइसकेको छ ।’

घटनाको विरोधमा स्थानीयले चक्काजाम गरेका छन् । पीडित पक्षसँग छलफल गरी राजमार्ग खुलाउने प्रयास भइरहेको डीएसपी रायले बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully