मृत्यु हुनेमा मष्टा गाउँपालिका–५, किनाडाकी १३ वर्षीय बालिका र छविस पाथिभेरा गाउँपालिका–४ की २० वर्षीया युवती सावित्रा शाह रहेको प्रहरीले जनाएको छ ।
बझाङ — बझाङमा तीन दिनको अवधिमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका–५, किनाडाका १३ वर्षीय सुरेश आग्री र छविस पाथिभेरा गाउँपालिका–४ की २० वर्षीया सावित्रा शाह रहेको प्रहरीले जनाएको छ ।
आग्रीको सोमबार करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । गाईवस्तु चराउन हिँडेका आग्रीलाई सडकमा लछारिएको बिजुलीको तारमा छोइँदा करेन्ट लागेको स्थानीयले बताएका छन् ।
‘साँझसम्म तार ठिकै थियो । आइतबार रातिको हावाहुरीले बाटोमा लछारिएको रहेछ,' मष्टा गाउँपालिका–५, का वडा अध्यक्ष सुदन कठायतले भने, ‘अन्जानमा तार छुँदा दुर्घटना भयो ।' यसअघि शनिबार धारामा पानी लिन गएकी शाहको पनि बाटोमा लत्रिएको तारमा छोइएका कारण करेन्ट लागेर घटनास्थल मै ज्यान गएको थियो ।
