डडेलधुरामा एक पुरुष मृत फेला

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टका अनुसार सार्की आफै सुत्ने कोठामा मृत फेला परेको खबर प्राप्त भएको थियो ।

आश्विन १२, २०८२

तर्कराज भट्ट

A man was found dead in Dadeldhura

डडेलधुरा — डडेलधुराको अजयमेरु गाउँपालिका–५ देवलगाउँमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार २९ वर्षीय महेन्द्र सार्की असोज ८ गते राति आफ्नै घरको कोठामा मृत भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टका अनुसार सार्की आफै सुत्ने कोठामा मृत फेला परेको खबर प्राप्त भएको थियो । 

प्रहरी टोली घटनास्थलमा पुगेपछि महेन्द्रको शव कोठाको खाट नजिकै रहेको र माथि प्लास्टिकको डोरी भेटिएको थियो । घटनास्थलमा प्रकृतिको आधारमा शंकास्पद अवस्था देखिएको प्रहरीको भनाइ छ।

सूचना अधिकारी डम्बर बिष्टका अनुसार मृतकको घरमा उनकी श्रीमती कमला सार्की, पाँच वर्षीय छोरा र ढाई वर्षीया छोरी बस्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक दम्पतीबीच दैनिक झगडा हुने गरेको र सोही कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ । दुई महिनादेखि मृतककी पत्नी माइती घरमै बस्दै आएकी थिइन् भने घटनाको दुई दिनअघिमात्रै घर फर्केकी थिइन् ।

प्रहरीले मृतककी श्रीमती कमलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । साथै मृतकका दाजु नाता पर्ने जोगराम सार्कीलाई पनि घटनामा संलग्नताको आशंकामा नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक विष्टले बताए ।

तर्कराज

Link copied successfully