रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

मोटरसाइकल चालक धनगढी–१२ का १८ वर्षीय अनिस सिंह र पछाडि बसेका १९ वर्षीय गणेश कुवँरको ज्यान गएको हो।

आश्विन १०, २०८२

रञ्जना बिसी

Two youths died when a motorcycle collided with a parked truck

कैलालीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–७ स्थित जेपी चोकमा बिहीबार साँझ भएको सडक दुर्घटनामा दुई युवकको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रक सडक किनारमा पार्किङ गरिएको अवस्थामा से ५ प ३४१४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।

मोटरसाइकल चालक धनगढी–१२ का १८ वर्षीय अनिस सिंह गम्भीर घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरे। सोही मोटरसाइकलमा सवार १९ वर्षीय गणेश कुवँरको पनि उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार ट्रक चालक चुरे गाउँपालिका–३ का २९ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

त्यसैगरी दुर्घटनामा परेको मोटरसाइकलले ठक्कर दिँदा धनगढी–१२ सी गाउँकी ७० वर्षीया मना पार्की घाइते भएकी छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रञ्जना बिसी

Link copied successfully