सर्पको टोकाइबाट एक जनाको मृत्यु

सर्पको टोकाइबाट ४० वर्षीय सर्जन बुढाको ज्यान गएको हो।

आश्विन ८, २०८२

रासस

One person died due to snake bite

बाजुरा — त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ । 

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिए।

उनका अनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।  

रासस

Link copied successfully