कैलालीमा ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

साइकलमा सवार सुशान्तलाई भे २ त २४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आश्विन ८, २०८२

रञ्जना बिसी

A child died after being hit by a tractor in Kailali

कैलाली — कैलालीमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–११ बेलास्थित सडकमा बुधबार ट्र्याक्टरको ठक्करबाट ८ वर्षीय सुशान्त रानाको ज्यान गएको हो ।

साइकलमा सवार सुशान्तलाई भे २ त २४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

मृतक राना सोही स्थानका कमल रानाका छोरा हुन् । दुर्घटनापछि ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रञ्जना

Link copied successfully