४० वर्षीय लक्ष्मण लुहारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो
बैतडी — अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–५ बिनपत्याका ४० वर्षीय लक्ष्मण लुहार (दयाल) को अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देब बडूले बताए ।
भदौ २२ गते मकैको थुप्रो बनाउने काठ काट्न गएका बेला उनलाई अरिङ्गालले टोकेर गम्भीर घाइते बनाएका थिए ।
गम्भीर घाइते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याइएको थियो । ‘अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई अस्पतालबाट घर ल्याइएको रहेछ,’ उनले भने, ‘घाइते दयालको शनीबार मृत्यु भएको हो ।’
मृतक दयालका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
