कैलालीमा ५६ लाख रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

भारतबाट अवैध रूपमा भित्र्याइएका ५६ लाखको ८३ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।

आश्विन २, २०८२

रञ्जना बिसी

Customs evasion goods worth more than 56 lakh rupees seized in Kailali

कैलाली —  कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।  धनगढी उपमहानगरपालिका–४ र टीकापुर नगरपालिका–९ भैयावाडास्थित नहर नजिक भारतबाट अवैध रूपमा भित्र्याइएका ५६ लाखको ८३ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको संयुक्त टोलीले बुधबार गस्तीका क्रममा बेवारिसे अवस्थामा रहेका ती सामान फेला पारेको हो ।

बरामद गरिएका सामानमा मोबाइल, स्मार्ट घडी, एयरफोन, पावर ब्यांक, पेन ड्राइभलगायतका सामग्री रहेका छन्।

रञ्जना बिसी

Link copied successfully