सुदूरपश्चिममा ६०८ जना कैदीबन्दी फर्किए 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये कतिपय आफैं र कतिपयलाई नियन्त्रणमा लिएर फर्काइएको हो । भागेकामध्ये अझै ८५० जना फर्किन, फर्काउन बाँकी छ ।

भाद्र ३०, २०८२

अर्जुन शाह

608 prisoners returned to the Far West

धनगढी — सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुमध्ये सोमबारसम्म ६०८ जना कैदीबन्दी फर्किएका छन् । जेन–जी आन्दोलन पछिको प्रदर्शनका क्रममा बाजुरा र अछाम बाहेकका सात जिल्ला कारागारहरुबाट एक हजार ४५८ कैदीबन्दी फरार भएका थिए । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये कतिपय आफैं र कतिपयलाई नियन्त्रणमा लिएर फर्काइएको हो । भागेकामध्ये अझै ८५० जना फर्किन, फर्काउन बाँकी छ ।

सम्बन्धित जिल्ला कारागार कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । साथै फरारहरूको खोजीका लागि प्रहरी टोलीसमेत परिचालन गरिएको छ प्रहरीले जनाएको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully