कैलाली भन्सार कार्यालयमा सरसफाइ

भाद्र २८, २०८२

रञ्जना बिसी

कैलाली — कैलाली भन्सार कार्यालयमा शनिबार सरसफाइ गरिएको छ । 

सुदूरपश्चिम मोबाइल व्यवसायी संघले '१२० मिनेटको श्रमदान,नयाँ नेपालको निमार्ण'भन्ने मूल नाराका साथ भन्सार कार्यालयको सरसफाइ गरेको हो । दैनिक कामकाजमा आवश्यक पर्ने कम्प्युटर, ल्यापटप, फर्निचर लगायतका आवश्यक सामग्रीहरु सहयोग गर्ने पनि संघका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । उनले सम्पूर्ण धनगढीबासीहरुलाई उक्त कार्यमा सहयोग गर्न अनुरोध गरे ।

nnगत भदौ २४ गते जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा भन्सार कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । हाल भन्सार कार्यालयमा कामकाज ठप्प रहेको कार्यालयले जनाएको छ ।

nn 

रञ्जना

Link copied successfully