कञ्चनपुर — कञ्चनपुरमा कर्फ्यु हटाइएको छ भने निषेधाज्ञा आइतबारसम्म जारी राखिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार सूचना जारी गरेर कर्फ्यु हटाइएको र निषेधाज्ञा यथावत् रहने जानकारी दिएको छ ।
प्रशासनका अनुसार आइतबार बिहान ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ । शनिबारदेखि कर्फ्यु भने हटाइएको हो ।
निषेधाज्ञा महेन्द्रनगर बजारको ३ किलोमिटर परिसर, पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ ३ किलोमिटर र स्थानीय तहको केन्द्र रहेको क्षेत्रमा लागू रहने प्रशासनले जनाएको छ ।
