बझाङमा ट्याक्टर दुर्घटना एकको मृत्यु चार घाइते

भाद्र २७, २०८२

वसन्तप्रताप सिंह

बझाङ- बझाङको तल्कोट गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शुक्रबार दाँतोलाबाट खौला बजार जाने क्रममा वडा नम्बर ५ को भक्तपुर भन्ने ठाउँमा सुप प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।



दुर्घटनामा परी तल्कोट गाउँपालिका वडा नम्बर–४ उपरकोटका विकास सिंहको मृत्यु भएको छ भने तल्कोट ४ का ३० वर्षीय खगेन्द्र खत्री, तल्कोट ४ कै भूपेन्द्र सिंह, तल्कोट ४ कै अभिसेक सिंह र तल्कोट ५ का लोकेश मल्ल घाइते भएको स्थानीयले बताए ।



घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकमा अनियन्त्रियत भएर ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खगेन्द्र धमालाले जानकारी दिए ।


वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully