दार्चुलाको दुहु–३ को वडा कार्यालयमा अज्ञात समूहद्धारा आगजनी

भाद्र २७, २०८२

मनोज बडू

दार्चुला– जिल्लाको दुहु गाउँपालिका–३ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरिएको छ ।

बिहीबार राति अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको वडाध्यक्ष देवबहादुर बमले बताए । 

वडाध्यक्ष बमका अनुसार आगजनीबाट वडा कार्यालयमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । 

स्थानीयहरुले बिहान आगो नियन्त्रणमा लिने प्रयास गरे पनि कार्यालयमा रहेका सबै सामानसहित कागजपत्र जलेका उनले बताए ।

 

आगजनीबाट वडा कार्यालयका फर्निचर, कागज पत्र, सिलाई मेशिन, कम्प्युटर लगायत काठका झ्याल ढोका जलेर नष्ट भएका छन् । उनले आगजनीबारे प्रहरीलाई पनि जानकारी गराएको बताए ।


मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully