कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा मोटरसाइकल अनियन्त्रित भई सडकबाट नालामा खस्दा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

भाद्र १६, २०८२

भवानी भट्ट

One person died in a motorcycle accident in Kanchanpur

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो ।

सोमबार दिउँसो स्थानीय बजारबाट घर जाने क्रममा रानाले चलाएको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट नालामा खस्दा टाउको र हातखुट्टामा चोट लागेको थियो । रानाको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहराले बताए । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully