केआई सिंह राजमार्गमा पहिरो खसिरहेपछि रातको समयमा सवारी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय डडेलधुराले सोमबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ः३० बजेसम्म राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

भाद्र १६, २०८२

तर्कराज भट्ट

KI Singh Highway traffic stop at night due to landslides

काठमाडौँ — अविरल वर्षाका कारण गन्यापधुरा गाउँपालिका–२, रडुवा खोलानजिक केआई सिंह राजमार्गमा निरन्तर पहिरो खसिरहेकाले रातको समयमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय डडेलधुराले सोमबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ः३० बजेसम्म राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

वर्षासँगै सडक अवरुद्ध हुने र दुर्घटनाको सम्भावना बढ्ने भएकाले यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ। ‘सुरक्षाको दृष्टिले रात्रिकालीन यात्रा रोकिएको हो’ सूचनामा भनिएको छ ।

साथै, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सुदूरपश्चिमका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदी–खोलाको सतह बढ्न सक्ने र पहिरोको जोखिम अझै बढ्ने चेतावनी दिइएको छ।

प्रशासनले नदी तथा खोला तटीय क्षेत्र र भिरालो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । अत्यावश्यक कार्यबाहेक अन्य समयमा घर बाहिर ननिस्किन र सुरक्षित रहन अपिल समेत गरिएको छ ।

तर्कराज भट्ट

Link copied successfully