शुक्रबार बिहान ९ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख २४ हजार ९२० क्युसेक पुगेको छ ।
कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
शुक्रबार बिहानदेखि चारपांग्रे सवारी आवागमनमा रोक लगाइएको हो ।
प्रहरीका अनुसार शुक्रबार बिहान ९ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख २४ हजार ९२० क्युसेक पुगेको छ । बहाव बढने क्रममा रहेकाले तटीय क्षेत्रमा सर्तकता अपनाउनसमेत आग्रह गरिएको छ ।
