कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसले ठक्कर दिँदा जोशीपुर गाउँपालिका–५ बनकट्टा निवासी २३ वर्षीय सागर डगौराको मृत्यु भएको हो ।

भाद्र १३, २०८२

रञ्जना बिसी

Motorcyclist killed in school bus collision in Kailali

कैलाली — कैलालीको जानकी गाउँपालिका–४ रामजानकी मन्दिर नजिक भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश ०१–००१ क २७८६ नम्बरको रेन्बो एकेडेमी स्कुल बसले ठक्कर दिँदा जोशीपुर गाउँपालिका–५ बनकट्टा निवासी २३ वर्षीय सागर डगौरा गम्भीर घाइते भएका थिए। 

उनलाई उपचारका लागि नेपालगञ्जस्थित सेवा नर्सिङ होम पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार १४ वर्षीय अनिल चौधरी घाइते भएका छन्। उनको उपचार टीकापुर अस्पतालमा भइरहेको प्रहरीले बताएको छ।

बस चालक, जानकी गाउँपालिका–७ मक्रीका ३६ वर्षीय तुल्सीराम चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

रञ्जना बिसी

Link copied successfully