कैलालीमा लागुऔषधसहित ५ जना पक्राउ

खैरो हेरोइन र उनीहरूले प्रयोग गरेको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाद्र १३, २०८२

रञ्जना बिसी

5 people arrested with drugs in Kailali

कैलाली — कैलालीका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ चौराहामा प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का २० वर्षीय नसिव रानासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ४ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन बरामद भएको र उनीहरूले प्रयोग गरेको से–४–प १७४५ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, टीकापुर नगरपालिका–५ का २५ वर्षीय रवि चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । चौधरीको घरमा गरिएको खानतलासीमा १८० मिलिग्राम खैरो हेरोइन र २ ग्राम ८६० मिलिग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–१३ लक्ष्मीनगरमा जाँचका क्रममा कैलालीगाउँका ३२ वर्षीय रामजीवन रानाको साथबाट १६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रञ्जना

Link copied successfully