दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
डडेलधुरा — नवदुर्गा गाउँपालिका–५ चामामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर बिष्टका अनुसार आज बिहीबार बिहान चामाबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्वरको जीप दुर्घटनाग्रस्त भएको हो।
उनले मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको बताए। दुर्घटनामा गाडी चालक रामसिंह साउद गम्भीर घाइते भएका छन्। घाइतेहरूको उद्धार कार्य भइरहेको र थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।
