सोमबार साँझ धनगढी उपमहानगरपालिका–७ मोतिचोकबाट भारतबाट भन्सार छली ल्याइरहेका अवस्थामा दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कैलाली — कैलालीमा प्रहरीले अवैध सामानसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।
सोमबार साँझ धनगढी उपमहानगरपालिका–७ मोतिचोकबाट भारतबाट भन्सार छली ल्याइरहेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब निरीक्षक रामबहादुर टेरको कमान्डमा खटिएको मोबाइल टोलीले गाडी रोकेर जाँच गर्दा सप्लिमेन्ट र मोटरसाइकलसहित करिब १० लाख ६५ हजार १ सय ८५ बराबरको अवैध सामान बरामद गरेको हो।
समानसहित पक्राउ पर्नेमा कैलारी गाउँपालिका–५ पवेराका ३० वर्षीय मनोज कुमार चौधरी र गौरीगंगा नगरपालिका–१० उदासीपुरका २६ वर्षीय खेमराज चौधरी रहेका छन्।
दुवै जनालाई नियन्त्रणमा लिई बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
