कञ्चनपुरमा शनिबार दिउँसोको मापनअनुसार शारदा नदीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको छ।
कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव बढेको छ। नदीमा शनिबार बिहानदेखि बहाव बढेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार दिउँसोको मापनअनुसार नदीमा पानीको बहाव १ लाख ७० हजार क्युसेक पुगेको जनाएको छ।
पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइएको छ।
