कैलाली जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा महतो निर्वाचित

शुक्रबार सम्पन्न एसोसिएसनको ३४औं अधिवेशनबाट महतोको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

भाद्र ७, २०८२

रञ्जना बिसी

Mahato elected as President of Kailali District Court Bar Association

कैलाली — कैलाली जिल्ला अदालत बार एसोसियसनको अध्यक्षमा नाथुराम महतो निर्विरोध निर्वाचित भएका छन्।

शुक्रबार सम्पन्न एसोसिएसनको ३४औं अधिवेशनबाट महतोको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित पदाधिकारीमा उपाध्यक्ष हिमालय विष्ट, सचिव प्रेमबहादुर शाही, कोषाध्यक्ष किशोरकुमार चौधरी र सहसचिव कुमारी कौशिला केसी सापकोटा रहेका छन् ।

त्यस्तै, सदस्यमा कर्णसिंह महरा, रेनु प्रधान श्रेष्ठ, सुवासचन्द्र उपाध्याय, नैनबहादुर बडायक, देवीलाल चौधरी, इन्द्रबहादुर खड्का, धर्मराज भट्ट र वीरेन्द्र चौधरी निर्वाचित भएका छन्।

यस्तै, केन्द्रीय पार्षद्‌का रूपमा वीरबहादुर जेठारा, भरतबहादुर सिंह र नवराज पाण्डेय चयन भएका छन्।

रञ्जना

Link copied successfully