महाकाली नगरपालिका–४ स्थित महाकाली करिडोरमा २२ वर्षीय किसन लुहार ९ ग्राम चरेससहित बिहीबार पक्राउ परेका हुन्।
दार्चुला — दार्चुलामा लागुऔषध चरेससहित एक युवक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम नजिकबाट ९ ग्राम लागुऔषध चरेससहित युवकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महाकाली नगरपालिका–४ स्थित महाकाली करिडोरबाट सोही ठाउँ बस्ने २२ वर्षीय युवक किसन लुहार चरेससहित पक्राउ परेका हुन् ।
लुहारलाई चेक गर्दा उनको साथबाट ९ ग्राम लागुऔषध चरेस फेला पारिएको र उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बिहीबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
